Terms and Conditions

  • कम्पनीको इन्टरनेट सेवा प्रयोग गर्न इच्छुक ग्राहकले जडान खर्च र उपकरण खर्च कम्पनीलाई बुझाई सेवा लिन सक्नेछ । उक्त जडान खर्च र उपकरण खर्च सेवा स्थगन पछि ग्राहकले फिर्ता पाउने छैन र ग्राहक अर्थात उपभोग कर्ताले समेत पछि कुनै हकदावी वा उजुरी गर्न पाउने छैन ।
  • ग्राहकले नेपाल सरकार र नेपाल दुरसञ्चार प्राधिकरणको नितीनियम पालना गरी सेवा सञ्चालन गर्नुपर्नेछ ।
  • ग्राहकले ठाउँ सारी तथा नाम सारी गर्नु परेमा कुनै शुल्क लाग्ने छैन तर कम्पनिको नियम अनुसार ५ दिन अगावै सुचना गरि आवश्यक प्रकृया पु¥याएर गर्नुपर्नेछ ।
  • ग्राहकको घरमाजडान गरिएको राउटर को वारेन्टी तीन महिनाको हुनेछ साथै जडान गरिएको उपकरणहरु विद्युतीय गडवडि, ग्राहकको कारण, प्राकृतिक प्रकोप तथा ग्राहकको लागि लगाएको तार पोलबाट टुटेमा सोको जिम्मा स्वय्म ग्राहकले नै लिनुपर्नेछ तर सेवा सुचारु गर्न कम्पनील तत्कालै पहल गर्नेछ ।
  • ग्राहकले लिएको सेवा स्वयं आफैको निमित्त मात्र हुनेछ ग्राहकले उक्त सेवा कसैलाई बिक्री वितरण गर्न पाउने छैन ।
  • कुनै आपतकालिन कारण बाहेक ग्राहकको घरमा सेवा अवरुद्ध भएमा सोको समाधान २४ घण्टा भित्र हुनेछ तथा कम्पनिकोसेवा उपयोग गर्न नपाएको खण्डमा नचलेको दिनको सेवा अबधि थप हुनेछ ।
  • ग्राहकले प्रयोग गर्दै आएको ईन्टरनेट सेवा समय अवधिमा कम्पनिको नियम तथा नयाँ स्किम अनुसार सेवाको गति घटाउन तथा बढाउन सक्ने छ र सो कार्य गर्दा कम्पनिको नियामानुसार रकम लाग्नेछ ।
  • ग्राहकले सेवा प्रयोग गरेबापत तिर्ने महशुल नेपाल दुरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेट बमोजिम हुनेछ साथै ग्राहकले तिर्ने सेवाशुल्क मध्य खर्चको प्रकृति अनुरुप Technical and Monitoring शुल्क लाग्नेछ ।
  • ग्राहकले सेवा शुल्क कम्पनीको नियम अनुसार अग्रीम रुपमा नै बुझाउनु पर्नेछ । उक्त सेवा लिदा कम्पनीले निर्धारण गरेको तत्कालीन दररेटमा लागु हुनेछ । तोकिएको समयभित्र महशुल नबुझाएमा कम्पनीको नियम अनुसार सेवा बन्द हुनेछ ।
  • FTTH को Actual Speed कम्पनीको हातादेखि निवेदकको हाता सम्मको दुरीमा निर्भर हुने भएको हुनाले निवेदकलाई उपलब्ध गराईएको Bandwidth र निवेदकको प्राप्त गर्ने Actual Speed मा केहि फरक पर्न सक्ने छ । Bandwidth साझेदारी 1:8 को अनुपातमा हुनेछ । साथै Unlimited Individual User Package को हकमा Fair Policy ( FUP) लागु हुनेछ ।
  • सेवा छुटाएर पुनः सोहि सेवा लिन चाहेमा नयाँ नियम अनुसार नै जडान शुल्क लाग्नेछ ।
  • ग्राहकले व्यक्तिगत कारणवश सेवा प्रयोग नगरेमा सो अवधिको इन्टरनेट वापतको शुल्क कम्पनीले फिर्ता दिनेछैन ।
  • ग्राहक र सेवा प्रदायक यस कम्पनी बिच कुनै पनि विवाद भएमा सोको समाधान छलफल द्वारा गरिनेछ ।